२०८२ मङ्सिर १ गते सोमवार

एमाले महासचिव शंकर पोखरेल प्रशिक्षणका लागि दाङ आउँदै



 

दाङ,५ जेष्ठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल दाङका विभिन्न स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधि तथा नेता कार्यकर्तालाई प्रशिक्षण दिन दाङ आउने हुनुभएको छ।  उहाँ दाङ जिल्लामा २०७९ सालमा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू र पार्टीका नेताहरूलाई प्रशिक्षण दिने उद्देश्यले दाङको घोराहीस्थित सभाहलमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको  नेकपा एमाले स्थानिय बिकास बिभाग दाङका प्रमुख मानबहादुर राउतलाई जानकारी दिनुभयो।

रावतका अनुसार प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय समिति सदस्यहरू, केन्द्रीय निकायका प्रतिनिधिहरू, लुम्बिनी प्रदेश कमिटीका नेताहरू, दाङ जिल्ला कमिटी, पालिका कमिटीका पदाधिकारीहरू, वडा कमिटीका अध्यक्ष, उपाध्यक्ष तथा सचिवहरू, जनवर्गीय संगठनका पदाधिकारीहरू र एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार