२०८२ असार ३ गते बुधवार

जनयुद्धको उद्गम थलो थवाङमा माओवादी केन्द्रका अध्यक्ष दाहाल आउँदै



रोल्पा,६ जेठ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रोल्पाको ऐतिहासिक गाउँ थबाङ आउन लाग्नुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति, रोल्पाको आयोजनामा बुधबार जनता संग माओवादी-मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग) जनजागरण अभियान अन्तर्गत विशाल जनसभा कार्यक्रमका लागि “प्रचण्ड”थबाङ गाउँपालिका-२ को थबाङ ठूलो गाउँमा आउन लाग्नु भएको हो।

जनता संग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान यहि जेठ ७ गते थबाङमा विशाल जनसभा कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।

जनता संग माओवादी-मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग) जनजागरण अभियान जेठ २ गते सुदुरपश्चिमको बैतडी जिल्लाको पाटनबाट सुरुभइ अहिले निरन्तर अभियान चलिरहेको छ । अभियान जेठ १० गते कास्की पोखरामा पुगेर समापन हुने बताइएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते मङ्गलवार