२०८२ कार्तिक २५ गते मङ्गलवार

घुस रकमसहित लेखापाल पक्राउ



काठमाडौँ,२५ पुस।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित लेखापाललाई नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्यमिक विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार ६५ हजार घुससहित पक्राउ परेका हुन्

उनीहरूलाई अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरेको हो।

उनीहरूले भवन निर्माण पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार