२०८१ चैत्र ५ गते मङ्गलवार

विदेशमा खुट्टा गुमाएका डिलबहादुर मलेसियाबाट फर्केपछि विवाह गर्ने तयारिमा थिए



रोल्पा, २९ बैशाख ।
रोल्पाका डिलबहादुर बाँठा ८ महिनाअघि रोजगारीको शिलशिलामा मलेसियामा जानुभयो । दैनिकी राम्रै चलेको थियो ।

घरमा बुवाआमालाई बिदेशबाट फर्केर विवाह गर्ने वचन दिएका उहाँले मलेसियामा राम्रै कमाउनुभएको थियो । तर शुक्रबार उहाँले काम गर्ने क्रममा मेसिनमा खुट्टा पर्दा दुई टुक्रा भएको छ।

रुन्टीगढी गाउँपालिका-८ मगरगोरी घर भई हाल मलेसियामा काम गर्ने क्रममा बाँठाको खुट्टा मेसिनमा परेर गुमेको वडाअध्यक्ष तुलसी पुनमगरले जानकारी दिनुभयो । घाईते बुढाको साथीहरुको सहयोगमा मलेसियामै उपचार भइरहेको छ ।

उहाँ गतवर्ष असोजमा मात्रै रोजगारीको लागि मलेसियामा जानुभएको हो । २१ वर्षका डिलबहादुरका घरमा बुवा-आमा हुनुहुन्छ । रोजगारीको लागि मलेसियामा गएका बेला छोराको एउटा खुट्टा गुमेपछि परिवार चिन्तामा छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार