तुलसीपुर,१४ दाङ । तुलसीपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। दमारगाउँ चर्चको आयोजनामा शनिबार तुलसीपुर ३ चर्च प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हाे।
चर्चका अध्यक्ष धनसरा बिकको अध्यक्षता तथा लायन्स क्लब अफ दाङका अध्यक्ष बिनील केसीको प्रमुख अतिथितामा स्वास्थ्य शिविरकाे उद्घाटन गरिएको हो ।
उद्घाटन गर्दै प्रमुख अतिथि केसीले मानवीय सेवा क्लबको पहिलो प्राथमिकता रहेकाले चर्चसँग सहकार्य गरेर शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। सामान्य स्वास्थ्य चेकजाँचबाट वञ्चित रहेका नागरिकहरूलाई घरदैलोमै सेवा दिने उद्देश्यले विशेषज्ञ डाक्टरहरू सहित आफूहरू शिविरमा समन्वयकारी भूमिकामा सहभागी भएको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लब अब तुलसीपुरका अध्यक्ष सन्दिपन रिजाल तुलसी उद्योगवाणिज्य संघका काेषाध्यक्ष रुपेश शर्मा, दिपेश भण्डारी,पत्रकार सरद रेग्मी, चर्चका उपाध्यक्ष विष्णु पुन,सचिव सावित्रा बिक,कोषाध्यक्ष गीता महतरा लगायतले मानवीय सेवा नै सर्वोत्तम कार्य रहेकाले शिविर आयोजना उत्तम कार्य रहेको बताएका थिए।
स्वास्थ्य शिविरमा १७० जना बढी नागरिककाे चेकजाँच सहित निःशुल्क औषधि वितरण गरिएको तुलसीपुर सिटी हस्पिटलका प्रबन्ध निर्देशक हेमराज बस्नेतले जानकारी दिनुभयो । दमारगाउँ चर्चको स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको चर्चका पास्टर टोपबहादुर महतराले बताउनुभयो।

