२०८२ माघ ११ गते आइतवार

जग्गा नाप नक्साकाे लागि सर्वदलीय सहजीकरण समिति गठन



तुलसीपुर,१५ भदाै । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा जग्गा नाप नक्साको लागि सर्वदलीय सहजीकरण समिति गठन गरिएको छ।
भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यविधि २०८१ को दफा ४ मा व्यवस्था भए अनुसार स्थलगत रुपमा तथ्याङ्क सङ्कलन तथा नाप नक्साको काममा अप्ठ्यारो र बाधा व्यवधान भए साे समस्याकाे सहजीकरणका लागि पूर्व तयारी स्वरूप वडाध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा १७ सदस्यीय सर्वदलीय सर्वपक्षीय सहजीकरण समिति गठन गरिएको छ।

समितिको सदस्यहरूमा वडा सदस्यहरू शोभाराम भण्डारी, डिला विश्वकर्मा, मानबहादुर राना, दिवानी चौधरी,नेपाली कांग्रेसका ओम ओली,नेकपा एमालेका खेमराज विश्वकर्मा नेकपा माओवादी केन्द्रका भरत चौधरी, रास्वपाका नरेन्द्र पराजुली,नेकपाका भद्रबहादुर ओली, राप्रपाका छोटीलाल थारु,राष्ट्रिय जनमोर्चाका खेतुप्रसाद भण्डारी रहनुभएको छ। यस्तै उत्तर खड्का शारदा सुनार,लिलाधर बिक र सदस्य सचिवमा वडा सचिव राजु देवकोटा रहनुभएको छ।

जग्गाको स्थलगत रूपमा जग्गाको नाप नक्सा लिने क्रममा देखिने विवादलाई तत्काल समाधानका लागि सहज होस् भन्ने उद्देश्यले आज आइतबार वडा कार्यालयमा बसेकाे सर्वदलीय बैठकबाट सहजीकरण समिति गठन गरिएको वडा अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

यसअघि पहिलो चरणमा वडा कार्यालय मार्फत भूमिहिन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको २ हजार ३ सय २२ लगत संकलन भएको छ। पहिलाे चरणमा फारम भर्न छुटेकाे भए दाेस्राे चरणमा लगत संकलन भैरहेकाले आगामी असोज ३ गतेभित्र कार्यालयमा आएर फाराम भर्न समेत वडा अध्यक्ष जिसीले आग्रह गर्नुभयो।

अहिले तुलसीपुरको ५ र १२ नम्बर वडामा नाप नक्साको काम भइरहेकाले यसपछिको नाप नक्साको कार्य वडा नम्बर ७ मा हुने भएकाले सबै तयारी अवस्थामा रहन उहाँले आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार