
मेष – आज तपाईंको आत्मबल र जोशले सफलता प्राप्त गर्न मद्दत गर्नेछ। नयाँ निर्णय लिनु अघि सोचविचार गर्नुहोस्। आर्थिक पक्षमा केही चुनौती आउन सक्छ, तर मनोबल उच्च राख्नुहोस्।
वृष – आज तपाईंलाई धनलाभको राम्रो अवसर मिल्नेछ, तर खर्च पनि बढ्न सक्छ। वैवाहिक जीवनमा सुख र शान्ति रहन्छ। कार्य क्षेत्रमा प्रगति हुने छ।
मिथुन – नयाँ अवसरहरूको प्राप्त हुनेछ। आत्मविश्वास र जोशमा वृद्धि हुनेछ। आर्थिक लाभ हुने सम्भावना छ।
कर्कट – तपाईंको स्वास्थ्यमा ख्याल रा्नु पर्ला । पारिवारिक जीवनमा प्रेम र सहयोग पाइनेछ। काममा एकाग्रतामा सुधार हुने छ। नयाँ विचारहरूले मस्तिष्कमा उत्साह ल्याउनेछन्।
सिंह – आज तपाईंको प्रेम र मित्रतामा प्रगति हुनेछ। आफ्नो शब्दमा सचेत रहनुहोस्, विवादबाट टाढा रहनु उचित हुनेछ ।पेशागत जीवनमा राम्रो परिणाम आउन सक्छ।
कन्या – कार्यक्षेत्रमा चुनौतीपूर्ण परिस्थितिहरू आउन सक्छन्, तर तपाईंको मेहनत र लगनशीलता परिणाम दिनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्, विशेषगरी मानसिक स्वास्थ्यमा।
तुला – आज यात्राको योग बनिरहेको छ। तपाईंको समाजिक दायित्वमा वृद्धि हुनेछ, र यसबाट व्यक्तिगत सन्तुष्टि प्राप्त हुनेछ। खर्चमा नियन्त्रण गर्नु महत्त्वपूर्ण हुनेछ।
वृश्चिक – लगानीका अवसरहरूमा सजग र सोच विचार गरेर निर्णय गर्नुहोस्। आजको दिन आर्थिक दृष्टिकोणबाट राम्रो रहन सक्छ, तर धेरै रिश गर्ने बानि कम गर्नेपर्नेछ।
धनु – पारिवारिक जीवनमा सुख र शान्ति आउनेछ। व्यवसाय वा पेशामा राम्रो अवसर मिल्नेछ। तपाईंको रचनात्मकता र सोचले नयाँ द्वार खोली दिनेछ।
मकर – आज तपाईंको बोली र कार्यशैलीमा सजगता राख्नुहोस्, जसले तपाईंको प्रतिष्ठामा वृद्धि ल्याउनेछ। कार्यक्षेत्रमा उत्साहजनक अवसरहरू आउनेछन्।
कुम्भ – आज तपाईंलाई सन्तानसँग सम्बन्धित राम्रो समाचार प्राप्त हुनेछ। शिक्षा र अध्ययनमा सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा सहभागी भएर सन्तुष्टि मिल्नेछ।
मीन – धार्मिक कार्यमा मन लाग्नेछ। मानसिक शान्तिका लागि ध्यान वा योगमा ध्यान दिनु उपयोगी हुनेछ। कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन्, तर तपाईंका प्रयास सफल हुनेछ।
माधवा शर्मा ।
ज्योतिषाचार्य एवं वास्तु विद् ।
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाईन जेसिस चोक दाङ ।
९८४८०६०७९९