मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंभित्र आत्मबल बलियो रहनेछ। नयाँ कामको योजना बनाउन सकिनेछ। बोल्दाखेरि भने शब्दमा मधुरता राख्नु होला, नत्र असमझदारी बढ्न सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन मेहनत अनुसारको फल पाउनुहुनेछ। परिवारबाट साथ र समर्थन मिल्नेछ। तर, खर्चको हिसाब राम्रोसँग राख्नुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सवारी साधन चलाउँदा वा यात्रा गर्दा सावधानी अपनाउनुहोला। मनमा अलिकति चञ्चलता देखिन सक्छ। सोचेर मात्र बोल्नु हितकर हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ सोच र योजना बन्नेछ। साथीभाइ र समाजमा तपाईंको विचारको कदर हुनेछ। आजको दिन कर्ममा विश्वास गर्नु उत्तम हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
केही कामहरूमा ढिलाइ वा अवरोध आउन सक्छ। मन थकित लाग्न सक्छ। खानपान र विश्राममा ध्यान पुर्याउनु राम्रो हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थी, लेखक वा अनुसन्धानमा लागेकाहरूका लागि राम्रो दिन हो। सानो यात्रा वा भेटघाटबाट पनि लाभ मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन लाभको सम्भावना देखिन्छ। घर–परिवारमा मेलमिलाप रहनेछ। धार्मिक वा सांस्कृतिक कार्यमा मन जानेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कानुनी काम, सरकारी कागजपत्र वा विवादित विषयहरूमा सफलता मिल्न सक्छ। रिस र आवेगलाई नियन्त्रण गर्नु आजको मुख्य उपाय हुनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज सहकार्य र सल्लाहले फाइदा दिलाउनेछ। नयाँ साथी वा सम्बन्ध बन्ने सम्भावना पनि छ। तर, अतिआशावादी नहुनु होला।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)
काममा ढिलासुस्ती भए पनि अन्त्यमा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारिक कार्यमा सुधार आउने संकेत देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक रुपमा तपाईंको प्रतिष्ठा बढ्नेछ। आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। खर्चको योजना मिलाएर गर्नु उपयुक्त हुन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा केही द्विविधा आउन सक्छ। आज विश्राम, ध्यान वा आध्यात्मिक कार्यमा मन जानेछ। साथी वा आफन्तसँग समय बिताउनु फाइदाजनक हुनेछ।
माधवा शर्मा ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसिपूर क लाईन जेसस चोक दाङ ।९८४८०६०७९९

