२०८३ बैशाख ४ गते शुक्रवार

तपाईँको आजको राशिफल २०८१ चैत २४ गते आइतबार



मेष -आत्मविश्वास बढ्नेछ, रोकिएका कामहरू सम्पन्न हुनेछन्, दाजुभाइसँग आत्मीयता बढ्नेछ, प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ, व्यवसायमा लगानीले धनलाभ हुनेछ।

वृष -मन शान्त रहला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइनेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरू पूरा हुनेछन्।

मिथुन -बुद्धि र चातुर्यले सफलता मिल्नेछ, नयाँ अवसरहरू प्राप्त हुनेछन्, राज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरू पूरा हुनेछन्।

कर्कट -साथीभाइ र आफन्तसँग समय रमाइलो हुनेछ, मन प्रसन्न रहनेछ, मनमा हर्ष तथा उमंग आउनेछ, सेवा गर्ने भाव जाग्नेछ।

सिंह -व्यवसाय र धन लाभ हुनेछ, शत्रु वा प्रतिस्पर्धी पराजित हुनेछन्, अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ।

कन्या -स्वास्थ्यमा ध्यान दिनुहोस्, प्रेम र सम्बन्धमा सुधार आउनेछ, आयआर्जनले नयाँ कामको योग बन्नेछ।

तुला -बुद्धि र चातुर्यले सफलता मिल्नेछ, कठिन कार्य सम्पादन गर्ने समय रहेको छ, सोचेका कार्यहरू सफल हुनेछन्, पिताको साथ र सहयोग मिल्नेछ।

वृश्चिक -धार्मिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ, सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ, चिताएका कार्य पूर्ण हुनेछन् ।

धनु -रमाइलो यात्रा, घुमफिर वा नयाँ सिकाइको अवसर आउनेछ, मन रमाउनेछ, स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ, बोलिको विपरीत अर्थ लाग्न सक्छ।

मकर-अनावश्यक खर्च बढ्न सक्छ, वादविवादबाट टाढा रहनुहोस्, कार्य क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ, मान्यजनको भेटघाटले नयाँ कार्यमा उत्साह जाग्नेछ।

कुम्भ -प्रेम र सम्बन्धमा मिठास आउनेछ, नयाँ कामको शुरुआत हुनेछ, मानसिक वा आर्थिक उल्झनहरू सुल्झिनेछन्।

मीन -परिवारसँग सुखद समय बित्नेछ, धन लाभ र इच्छित काम पूरा हुनेछन्, व्यापार व्यवसायमा लगनशीलताले विभिन्न अवसरहरू दिलाउनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिसचोक दाङ ।
९८४८०६०७९९

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार