२०८३ बैशाख ४ गते शुक्रवार

तपाईँको आजको राशिफल २०८२ जेठ १४ गते बुधबार



१. मेष -पुराना अड्किएका कार्यहरू अघि बढ्ने सम्भावना छ। अध्ययन, अध्यापन र बौद्धिक छलफलमा मन रमाउनेछ। पारिवारिक आत्मीयता बढ्नेछ र सन्तान पक्षबाट सन्तोष मिल्नेछ। अरूले तपाईंको विचार र सुझावको सम्मान गर्नेछन्। हतार नगरी योजनाबद्ध रूपमा अघि बढ्नु शुभ हुनेछ।

२. वृष -धन खर्च हुने देखिए पनि आवश्यक काममा लगानी लाभदायक हुनेछ। परिवारमा रमाइलो वातावरण बन्नेछ। प्रेम र दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वादिलो भोजनको अवसर मिल्न सक्छ। नजिकका व्यक्तिसँग सल्लाह गर्दा उपयोगी सुझाव प्राप्त हुनेछ।

३. मिथुन -नयाँ योजना सुरु गर्न उपयुक्त समय हो। साझेदारी वा सहकार्यमा सफलता पाइनेछ। मित्रहरूको सहयोगले मनोबल बढ्नेछ। अध्ययन तथा व्यवसायिक छलफलमा फाइदा हुनेछ। मिहिनेत गरेअनुसार प्रशंसा पाइने सम्भावना छ।

४. कर्कट -शारीरिक थकान वा सामान्य स्वास्थ्य समस्या देखिन सक्छ, ध्यान पुर्याउनु उचित हुन्छ। काममा धैर्य अपनाउनु राम्रो हुनेछ, झुक्किएर निणर्य नगर्नुहोस्। साना प्रयासले पनि ठूलो उपलब्धि मिल्न सक्छ। घरपरिवारसँग समय बिताउँदा मन शान्त हुने देखिन्छ।

५. सिंह -मन प्रसन्न रहनेछ। सिर्जनात्मक कार्य, कला वा संगीतमा मन जानेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ, तर भावना नियन्त्रणमा राख्नु उपयुक्त हुन्छ। सामाजिक क्षेत्र वा विद्या क्षेत्रमा सम्मान मिल्न सक्छ। आत्मविश्वास बलियो हुने दिन हो।

६. कन्या -पारिवारिक जिम्मेवारीमा ध्यान दिनुपर्नेछ। घरेलु कामकाजमा व्यस्तता बढ्न सक्छ। पुराना सम्बन्ध पुनः ताजगी ल्याउनेछन्। कुनै न कुनै कुरा मनमा लागिरहला, तर दिन सकरात्मक नै रहनेछ। बोल्दा विचार पुर्याउनु उपयुक्त हुनेछ।

७. तुला -सवारीसाधन वा यात्रामा लाभ मिल्ने संकेत छन्। दाजुभाइ वा नजिकका साथीसँग सम्बन्ध सुधारिनेछ। अध्ययन वा लेखनमा मन लाग्नेछ। विचारमा स्पष्टता आउने हुँदा अरूलाई मार्गदर्शन दिन सकिनेछ। सञ्चारको क्षेत्रमा सफलता पाइने समय हो।

८. वृश्चिक -धन आगमनको योग छ, व्यावसायिक सफलता पाइनेछ। कामको प्रशंसा पाइने दिन हो। पुराना कामले सफलता दिलाउनेछन्। आत्मविश्वास बढ्नेछ। नयाँ प्रस्ताव वा सम्बन्धतर्फ आकर्षण हुन सक्छ, तर निर्णयमा समय लिनु राम्रो।

९. धनु -दिन रमाइलो तर व्यस्त रहनेछ। पदोन्नति वा मान्यता प्राप्त हुन सक्छ। आफ्ना विचार अरूले सुन्ने वातावरण मिल्नेछ। नेतृत्वदायी भूमिका बढ्ने सम्भावना छ। मित्रजनसँग सहकार्यमा सफलता मिल्नेछ।

१०. मकर -एक्लोपन वा मानसिक द्विविधा हुन सक्छ। आफ्ना कुरा धेरै खुलाउनुभन्दा गोपनीय राख्नु उपयुक्त हुन्छ। आन्तरिक शक्ति र आत्मचिन्तनले समाधान मिल्नेछ। पढाइ र ध्यानका लागि समय निकाल्नु राम्रो हुनेछ।

११. कुम्भ -मित्रतापूर्ण सम्बन्ध बलियो बन्नेछन्। सामाजिक सञ्जाल वा प्रविधिमा रुचि बढ्नेछ। टिमवर्कमा सफलता मिल्नेछ। नयाँ ठाउँबाट फाइदा हुने संकेत छन्। सानोतिनो सहयोगले पनि ठूलो काम बन्न सक्छ।

१२. मीन -सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ। मान–सम्मान प्राप्त गर्ने अवसर छ। जिम्मेवारी बढ्न सक्छ, तर त्यसबाट सन्तोष र आत्मबल प्राप्त हुनेछ। धार्मिक वा सामाजिक कार्यमा सरिक हुन सकिनेछ। आफ्नो क्षेत्रमा स्थापित हुने दिन हो।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार