मेष-अध्ययन, लेखन र बौद्धिक काममा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। नयाँ काममा उत्साह जाग्नेछ। तर, चाँडो निर्णय गर्दा हानि हुन सक्छ, सोचेर मात्र अघि बढ्नुहोस्।
शुभ रङ: रातो
शुभ अंक: २
वृष-नयाँ योजना थालनीको समय हो। आर्थिक लाभ हुने सम्भावना छ। आफन्तजनबाट सहयोग मिल्नेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ, योजना मिलाएर खर्च गर्नुहोस्।दाम्पत्य जीवनमा वादविवाद बढ्नेछ
शुभ रङ: गुलावि
शुभ अंक: १
मिथुन-वैदेशिक काम वा सम्पर्कमा सफलता मिल्नेछ। सानातिना यात्राबाट लाभ मिल्नेछ। तर, कामको चाप बढ्न सक्छ, आरामलाई पनि ध्यान दिनुहोस्।
शुभ रङ: हरियो
शुभ अंक: ३
कर्कट-धन लाभको सम्भावना छ। पारिवारिक सुख मिल्नेछ। प्रेममा मिठास आउनेछ। तर, साथी वा नजिकको व्यक्तिसँग सानो मनमुटाव हुन सक्ने देखिन्छ, संवादमा ध्यान दिनुहोस्।
शुभ रङ: सेतो
शुभ अंक: ५
सिंह-पुराना काम दोहोर्याएर फाइदा लिन सकिनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। वैदेशिक प्रयास सफल हुने संकेत छ। तर, हतार र घमण्डले अवसर चुक्न सक्नेछ।
विदेश योग: छ
शुभ रङ: रातो
शुभ अंक: २
कन्या-रोकिएका काम अघि बढ्नेछन्। वैदेशिक पढाइ वा कामको सोचमा हुनुहुन्छ भने प्रयास गर्नुहोस्। तर, शरीरमा थकान महशुस हुन सक्छ, आराम गर्न नबिर्सनुहोस्।
विदेश योग: छ
शुभ रङ: बैजनी
शुभ अंक: ३
तुला-धार्मिक र सामाजिक कार्यमा मन जानेछ। साथीभाइबाट साथ पाइनेछ। तर, प्रेममा द्विविधा आउन सक्छ, कुराकानी स्पष्ट राख्नु राम्रो हुन्छ।
शुभ रङ: निलो
शुभ अंक: ३
वृश्चिक-अनुसन्धान, लेखन वा गहिरो अध्ययनमा सफलता मिल्नेछ। वैदेशिक सम्पर्क वा आवेदनका लागि समय अनुकूल छ। तर, कामको चापले थकान बढ्न सक्छ।
शुभ रङ: हरियो
शुभ अंक: ४
धनु-शिक्षा, धर्म र यात्राको क्षेत्रमा प्रगति हुनेछ। विदेश जाने वा आवेदन दिने सोचमा हुनुहुन्छ भने पहल गर्न मिल्ने दिन हो। तर, आशा भन्दा बढी अपेक्षा नगर्नुहोस्।
शुभ रङ: पहेलो
शुभ अंक: ८
मकर-काममा सफलता मिल्नेछ। बोलीमा मिठास राख्दा धेरै कुरा बन्नेछन्। तर, प्रेम वा पारिवारिक सम्बन्धमा अलिक चिसोपन महशुस हुन सक्छ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।
शुभ रङ: सुन्तला
शुभ अंक: ६
कुम्भ-पढाइ वा वैदेशिक योजना अगाडि बढ्न सक्छ। शुभ समाचार सुन्ने सम्भावना छ। तर, टाउको दुखाइ वा निद्रामा असर हुन सक्छ, स्वास्थ्यमा ध्यान दिनुहोस्।
शुभ रङखैरो
शुभ अंक: ५
मीन-रचनात्मक काममा मन जानेछ। वैदेशिक अध्ययन वा सम्पर्कमा प्रगति देखिन्छ। पारिवारिक सहकार्य पनि राम्रो रहनेछ। तर, अनावश्यक चिन्ता बढ्न सक्छ, आत्मबल उच्च राख्नुहोस्।
शुभ रङ: निलो गुलाबी
शुभ अंक: ६
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

