२०८२ माघ ३ गते शनिवार

तपाईँको आजको राशिफल २०८२ जेठ २१ गते बुधबार



मेष-व्यापार व्यवसायमा लाभको सम्भावना छ। एउटा काम सिध्याएर मात्र अर्को सुरु गर्नु उपयुक्त हुनेछ। आफन्तसँग सानो मतभेदको सम्भावना रहेकाले शब्दमा सजग हुनु राम्रो हुन्छ। अध्ययनका लागि अनुकूल समय रहेको छ।

वृष-आज उत्साहले भरिएको दिन हुनेछ। सन्तानतर्फबाट खुशीको खबर सुन्न पाइने सम्भावना छ। प्रतियोगी परीक्षामा कडा प्रतिस्पर्धा हुने देखिन्छ। जागिरमा सरुवाको योग देखिन्छ भने प्रेम सम्बन्धमा पनि सुमधुरता रहनेछ।

मिथुन-कार्यक्षेत्रमा सफलता मिल्नेछ, मेहनतको राम्रो मूल्य पाइनेछ। राजनीतिमा होमिएकाहरूका लागि नयाँ अवसर आउने सम्भावना छ। तर नयाँ निर्णय गर्नुअघि सोचविचार गर्नु उपयुक्त हुनेछ।

कर्कट-महत्त्वपूर्ण निर्णयमा सल्लाह लिएर अघि बढ्नु राम्रो हुनेछ। साथीभाइसँग भेटघाट र रमाइलो हुने सम्भावना छ। आर्थिक पक्ष पनि सबल देखिन्छ।

सिंह-काममा अरुको भर नपर्नु उचित हुनेछ। लगानी नगर्नु नै राम्रो हुनेछ, नोक्सानीको संकेत देखिन्छ। विदेशतर्फको प्रयासमा सफलता मिल्न सक्छ। पढाइमा ध्यान दिनु उपयुक्त हुनेछ।

कन्या-सामाजिक प्रतिष्ठा र कार्यक्षेत्रमा सम्मान बढ्ने समय आएको छ। गोप्य शत्रुहरू परास्त हुनेछन्। आर्थिक दृष्टिले दिन राम्रो छ। सामाजिक सञ्जालमा शब्द चयनमा विशेष ध्यान दिनु राम्रो हुन्छ।

तुला-कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ। विशेष व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ। कानुनी समस्याबाट मुक्ति मिल्ने संकेत छ। अध्ययनका लागि राम्रो समय हो।

वृश्चिक-नयाँ योजना बन्नेछ, सामान्य लाभ हुने समय हो। कसैलाई ऋण दिनु परे सोचविचार गरेर दिनुहोस्। विद्यार्थीहरूका लागि चुनौतीपूर्ण दिन हुन सक्छ।

धनु-आर्थिक पक्ष सामान्य रहनेछ। शेयर बजारतर्फ आकर्षण बढ्न सक्छ। परिवारमा खुसीको वातावरण रहनेछ।

मकर-व्यापारमा लाभ मिल्नेछ। बौद्धिक क्षमताको प्रशंसा हुने समय हो। पढाइमा पनि सफलता मिल्ने योग छ। लगनशीलता बढे अप्ठ्यारो कामसमेत सहज बन्न सक्छ।

कुम्भ-पेशा र कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आफन्तहरूसँग भेटघाटको योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नयाँ अवसरको संकेत देखिन्छ।

मीन-कसैको प्रभावमा परेर निर्णय गर्नुभन्दा आफ्नै विचारमा टिकिरहनु राम्रो हुन्छ। आलस्य त्यागेर काम गर्दा राम्रो परिणाम मिल्नेछ। दाम्पत्य जीवनमा असमझदारी हुन नदिन सावधानी अपनाउनुहोस्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार