२०८२ असार २७ गते शुक्रवार

तपाईँको आजको राशिफल २०८२ असार १८ गते बुधबार



मेष : दिन सामान्य छ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्ने सम्भावना छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ।

मिथुन : दिन सामान्य छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : धनलक्ष्मी योग परेको छ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्ने छ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्ने छ।

कन्या : आफ्नै राशिमा चन्द्रमा रहेकाले मन शान्त बन्ने छ। परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। भाग्यको स्थानमा रहेका बृहस्पतिका कारण कामको बोझ थपिने छ।

तुला : अनावश्यक यात्रामा खर्च बढ्ने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल अर्कैले खाने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ।

वृश्चिक : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले भविष्यको निर्णय गर्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। पुराना रोगबाट छुटकारा पाउने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। साथीको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजाका लागि केही समय कुर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : सानो कुराले मनमा झन्झट थपिने छ। औषधी नियमित नहुँदा रोगले सताउने छ। परिवारका कारणले मनमा चिन्ता थपिने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मीन : दिन राम्रो छ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको मिहिनेत सफल बन्ने छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार