२०८३ बैशाख ४ गते शुक्रवार

तपाईँको आजको राशिफल २०८२ वैशाख १९ गते शुक्रबार



मेष -आज आत्मबलमा वृद्धि हुनेछ। बोलेका कुराले प्रभाव पार्नेछ। काममा नयाँ योजना बनाउने समय छ। यात्रा र भेटघाटमा समय बित्न सक्छ।

वृष -धनसम्बन्धी विषयमा सजग रहनुहोला परिश्रमको प्रतिफल ढिलो हुन सक्नेछ । परिवारजनसँग भावनात्मक सम्बन्ध गहिरो बन्नेछ।

मिथुन -नयाँ अवसरहरू आउनेछन्। शुभ समाचार सुन्न पाइनेछ। सामाजिक काममा मन जानेछ। ऊर्जा उच्च रहनेछ।

कर्कट -थोरै मानसिक तनाव देखिन सक्छ, तर साथीभाइको साथले राहत मिल्नेछ। पुराना कामहरू सम्पन्न गर्न सकिनेछ।

सिंह -पढाइ, लेखाइ वा सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास बढ्नेछ। प्रेमसम्बन्धमा प्रगाढता आउन सक्छ।

कन्या -पारिवारीक समस्या निम्तन सक्छ ख्याल गर्नु होला ।पारिवारीक छलफलले समयमै समाधान भने हुनेछ। काममा धैर्य र निरन्तरता आवश्यक छ।

तुला -मिलनसार स्वभावले नयाँ मित्रता बढ्नेछ। यात्राको योग देखिन्छ। अध्ययन वा ज्ञान वृद्धि हुने संकेत छ।

वृश्चिक -धेरै कुरामा मन अल्झन सक्छ। खर्चमा सावधानी अपनाउनुहोला। मान्यजनको सल्लाहले दिशा निर्देश मिल्नेछ।

धनु -आफ्ना योजनाहरू कार्यान्वयन गर्नको लागि राम्रो समय हो। सम्बन्धमा मिठास आउँछ। व्यापारिक लाभ पनि मिल्नेछ।

मकर -कार्यक्षत्रमा स्थिरता आउँनेछ ।नतिजा ढिलो मिल्न सक्छ तर राम्रो हुनेछ। आत्मपरिक्षण गर्ने दिन हो।

कुम्भ -साहस बढ्नेछ ।नयाँ अवसर प्राप्त हुन सक्छ। मान्यजनबाट सहयोग पाइनेछ।

मीन -भावनामा बहकिन सक्ने समय छ तर सन्तुलनमा रहनु राम्रो हुन्छ। कार्यक्षेत्रमा केहीँ उतार चढाव अाउला ।अनावश्यक खर्च वढ्नेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार