
बसन्त डामाडोल
जब रिङ्गटोन वज्न सुरुवात गर्छ अनि फोन उठ्छ आवाज हेलो , र हलो भन्ने शब्दवाट त कुरा हुन्छ चाहे भैसी भकारमा गोबर फाल्दै यात ट्वाइलेटमा मलमुत्र फ्याक्दै होस उताबाट आको हुन्छ प्रश्न तिमी अहिले कहाँ हो यसको जवाफ त के हुन्छ भने हेर्नुस मत अहिले कलेजमा study गरिराछु please destrube नगर ल … ।
अब के भनौ सत्यतथ्य कुरा भैसीकै गोबर फालीराहो तर यो मोविल फोनमा कुरा चाहिँ कलेजको । यिनी मोविल फोन पनि के–के हुन के –के नोक्कर , सोगरसागर , छिपाइप , मकरोम्याक्स नाम सुन्दासुन्दै उत्तेजना हुने कुन मोवाइल सेट किनौ भनेर फेरी कुरा गर्छु अब फोन गोजिमा भाको , चाहे खल्तीमा एक सुक्को नहोस मतलव छैन तर मोविल त चाहियो चाहियो किन भन्दाखेरी हेलो , हिलो भन्ने शब्द नेपालमा मात्रै होइन विश्वमै लोकप्रिय भइसक्यो फोन उठाउदा अलिकता राम्रो स्थानमा छ भने वोल्नुपर्ने शब्दचाहिँ हेलो हो जस्तो लाग्छ ।
अब कतिपय नेपाली दाजुभाइहरु यहाँ काम गर्न लाज र श्रम मानेर विदेश ओइरीरहनुभाछ अझ दाजुभाइ मात्र होर आजकाल त भारतको नाका हुदै विदेशतिर दिदीवहिनीहरु घुइकिने क्रम पनि के कम छर सायद ५० प्रतिशत अधिकार समान भएर पनि होकी जस्तो लाग्छ हुन पनि सक्छ भनेर त भन्न नमिल्ला तर पनि विदेशमा गएर राम्रो काम पाएत हेलो होला नत्र त उहि पुरानै शब्द हिलो ?
र हलो भन्ने घरपरिवार संग मोविलमा चित्त वुझाउनु बाहेक अरु कुनै विकल्प छर अब नेपाल कृषि प्रधानदेश हो भनेर बारम्बार भनिरहनुपर्ने स्थिती त छैन तरपनि नेपालमा बसि कृषि कार्यक्रममा संलग्न भएर काम गर्न लाज र श्रम हुन्छरे तर त्यहि ब्यक्ति विदेशमा गएर भेँडा चराउने , हलो जोत्ने , गाईदुहुने गर्दा चाँहि लाज श्रम हट्ने ल सोचौँ त कति वुद्धिमानी हामी सम्पूर्ण नेपाली ।
अब फोन उठाउदाको हिलो र हेलो शब्दको मुल कारण पनि त्यहि नै हो यहाँबाट विभिन्न एजेन्सी , म्यानपावरहरुले त्यहि मोविल फोनकै आधारमा विदेश पठाउछन डिमान्ड लेटर देखाएर काम भन्नुहुन्छ भने प्राय गरेर सेक्यूरिटि गार्ड , सुपरभाइजर , ड्राइभर भनेर तर के गर्ने त्यो कुरा त उहाँ पुगेपछि मानौ थाहा हुन्छ जब जिन्दगीमा कहिल्यै गाईको फेला नपरेको मान्छेले गाई दुहुन परोस तोरी फुलेको देखिन्छ बेमौसमी सिजनमापनि , भेँडा ग्वाला जान परोस अझ दिनभरि खर्चपर्च वोकेर जिन्दगी उराठ लाग्दो त्यहि बेला नेपाल बाट यसो मिसकल गइजाओस त मोविल फोनमा के गफ छाट्छन र हेर्नुस उहाँ गाई दुँदादुँदा हात वाउडिराहुन्छ घरबाट वाउले के काम गर्छस छोरा भनेर फोन गर्दा तुफान लगाउछ म्यानपावर गतिलै परेछ बा , काम राम्रो प¥याछ
कम्प्यूटर अपरेटर , फेरी वाउ घरमा ३ बित्ता माथि उफ्रने ल भन छोरा पैसो कति छ महिनामा अब पैसाको कुरा गर्दा पो रिस उठ्छ पैसो हुदैन फेरी गफ लगाउनुपर्ने ए बा म अहिले कम्प्यूटरमा विजी छु कति हात वाउडियो फोन राख रे विचरा गाई दुँदा दुँदा हात निदाएर खत्तम फेरी आमाले फोन समाएर फोन गर्लिन काँ छस वावु के काम गर्दैछस भन्दा फेरी गफ लगाउछ आमा म त ल्यावमा छु थुप्रो हुल आउछ तिनीहरुको परिक्षण गर्दा थाकेर हैरान यता घरमा आमा फेरी त्यहि मोविल फोनकै कुराले लौ किसानीको छोरो विदेशमा गएर डाक्टर पो भएछ हर्षले आँशु झर्छ गाँउभरि फलानाको छोरो त डाक्टर भयो भन्ने हल्ला चल्छ ।
पछि विदेशबाट आउनेले ल्याव चलाएर के बस्थ्यो र उहि भेडाहरुको मल मुत्र बढारकुढार को पो परिक्षण गरिराहुन्छ भनेपछि अब यसलाई के भनौ कहाँ सम्मको धोकेवाज रैछ यो मोविल फोनसाच्चीकै धोकेवाज छ यो मोविल फोन अब विवाह गरेर श्रीमान विदेशतिर यहाँ त श्रीमती अर्कोतिर कुलेलम ठोक्छन खै के हुन्छ र त्यस्तो यस्तै भयो हेर्नुस एकजना हाम्रै सहकर्मि मित्रको विवाह गरेको ३ महिनापछि वेहुलीलाई वुवा आमा संग छोडेर विदेश जानुभयो र ३ वर्ष पुरा गरि फर्कदा त श्रीमतीको काखमा ३ वर्षको घोर्ले छोरो , उहाँलाई सार्है रिस उठेछ र कड्किएर सोध्नुभएछ ओए त संग त म एकरात पनि सुत्या छैन कसरी भयो ३ वर्षको छोरो त्यसपछि श्रीमतीले के भनिन भने हेर्नुस त्यसरी नरिसाउनुस डार्लीङ तपाई मलाई विहे गरेको ३ दिनमै छोडेर विदेश जानुभयो तपाइको पासपोर्ट साइजको फोटो थियो त्यसैले काम चलाए।
उहाँको घट्ना त त्यस्तै भयो अझ उहाँकै अर्को साथिको घट्नापनि त्यस्तै घट्याथ्यो हेर्नुस घरमा ३ वटा वच्चावच्चि र श्रीमतीकै लागी विदेश जाने तयारी गरेपछि अब वच्चावच्चि धेरै भए तिमी र म मध्य एकजनाले वन्ध्याकरण गर्नुपर्छ भन्ने सल्लाह भएपछि श्रीमानले भ्यासेक्टोमी गरेर विदेशतिर गएछन विदेश गाको ४÷५ महिना भाको थियो घरबाट नियमित फोन जान थाल्यो मलाइ त वाकवाकी लाग्छ , पेट दुखिरहन्छ भनेर त्यसपछि श्रीमान विदेशवाट ८ महिनामै घर फर्केछ, र घरमा त वुढिको पेट फुलेर ठिक्क हेर्नुस त्यसपछि तत्काल आफुलाइ वन्ध्याकरण गर्ने डाक्टरकहाँ गएर भनेछ मैले वन्ध्याकरण गरेर विदेश गाको घरमा फेरी अर्काे ९ महिनाको वच्चा कसरी भयो ? उनको प्रश्नको जवाफ हाँसी हाँसी दिए तपाइको पो वन्ध्याकरण गरेको श्रीमतीको त गरेको होइननी ।।
त्यसैले सकेसम्म मोविल फोन राख्न उचित छैन राखेपछि मोवाइल सेट राख्ने किन भन्दा नेपाली कामदार विदेशतिर जान पाउने पहिलो ठूलो समस्या यो मोविलको श्रीमती अर्काेतिर सुइकुच्चा , पैसो पनि स्वाहा त्यसैले वरु पैसा छैन भनेपनि घरमा भाको मानो मुठि वेचेर हुन्छकी , वैङ्कमा जग्गा धितो राखेर हुन्छ सबै परिवारलाई एउटा न एउटा मोविल सेट आजकालको जमानामा अति आवश्यकता समेत भइसक्यो त्यसैले भन्नुपर्छ घर गृहस्थी समेत तङ्गभङ्ग पार्ने मोवाइललाई
जय मोविल ।।।।।