२०८१ जेष्ठ ३१ गते बिहिवार

पोखरीमा डुबेर दुई बालकको मृत्यु



११ असार,

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर आज दुई जना बालकको ज्यान गएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर ज्यान गएको हो । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकहरुका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा उनीहरु पौडी खेल्न गएका थिए ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार