२०८२ माघ २२ गते बिहिवार

बालिका बलत्कार कसुरमा १२ वर्ष कैद



दाङ, २९ साउन । दाङमा बालिका बलत्कार कसुरमा एक युवकलाई १२ वर्ष कैद फैसला भएको छ । दाङ जिल्ला अदालतले दंगिशरण गाउँपालिका-२ का २१ वर्षिय डिल्ली भनिने दिलीप बिकलाई १४ वर्षिय बालिका बलत्कारको कसुरमा १२ वर्ष कैद फैसला गरेको हो ।

जिल्ला न्यायधिस लालसिंह थापाको इजलासले १२ वर्ष कैद सजायसंगै ५ लाख जरिवाना, ३० हजार क्षतिपुर्ति र २० हजार राहत कोषमा जम्मा गर्ने फैसला गरेको हो ।

अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार बिकले २०८१ साल बैशाख ६ गते बालिकालाई बलत्कार गरेको उजुरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको हो । त्यसपछि प्रहरीले बिकलाई जेठ ५ गते पक्राउ गरी जेठ २९ गते जबरजस्ती करणी सम्बन्धि मुद्धा चलाएको हो ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहिवार