दाङ, २१ असार ।
स्थानीय तहको निर्वाचनमा ६ अर्बभन्दा बढी खर्च भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचनका लागि ८ अर्ब ९५ करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयसँग माग गरेकामा मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो ।
अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगको भनाइ छ । निर्वाचनका लागि सुनिश्चित गरिएको बजेट मध्ये करिव डेढ अर्ब खर्च नै नभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
खर्च हुन नसकेको रकम मन्त्रालयलाई फिर्ता गरिएको छ । यसअघि २०७४ सालमा तीन चरणमा भएको चुनावमा झन्डै सात अर्ब रुपैयाँ खर्च भएको थियो ।
प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार