रोल्पा, २२ असार ।
रोल्पाका केही स्थानीय तहले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको तथ्यांक संकलन सुरु गरेका छन् ।
रोजगारीका लागि खाडीलगायतका विदेशी भूमिमा पुगेका दक्ष एवं अदक्ष मजदुरको तथ्यांक संकलन गरी उनीहरूलाई सहयोग गर्ने उद्देश्यले तथ्यांक संकलन सुरु गरिएको हो ।
रोल्पाका रोल्पा नगरपालिका, सुनिल स्मृति, परिवर्तन र रुन्टीगढी गाउँपालिकामा संचालित सामी परियोजनाले तथ्यांक संकलनमा प्राविधिक सहयोग गरेको छ । सामी परियोजनाका जिल्ला संयोजक शरद पोखरेलले वैदेशिक रोजगारीमा रहेका मजदुरका परिवारलाई तालिम दिइएको र उनीहरूको आर्थिक व्यवस्थापनमा सघाइरहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार रोल्पाबाट हालसम्म ६० हजार बढी मजदुर वैदेशिक रोजगारीमा गएका छन् ।
प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार