२०८३ बैशाख १९ गते शनिवार

दाङका नौ पालिका पूर्ण खोप सुनिश्चित



दाङ, २५ असार ।
दाङका नौ पालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको छ । शुक्रबार घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसँगै दाङका ९ वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् ।

बबई गाउँपालिका बाहेक अरु पालिका पूणर् खोप सुनिश्चित पालिका घोषणा भईसकेका छन् । राप्ती गाउँपालिकाबाट थालनी गरिएको यो अभियान अब आईतबार बबई गाउँपालिकालाई पनि पूणर् खोप सुनिश्चित पालिका घोषणा गरेसँगै दाङ जिल्लालाई नै पूणर् खोप सुनिश्चित जिल्ला घोषणा गरिने छ ।

१४ प्रकारका रोगकाविरुद्ध लड्न सात प्रकारका खोप बालबालिकालाई दिइने गरिन्छ । पालिकाभित्रका सम्पूणर् बालबालिकालाई खोप लगाइ सकेपछि पूणर् खोप सुनिश्चितता घोषणा गरिन्छ ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार