२०८१ चैत्र १२ गते मङ्गलवार

राप्ती सामुदायिक वन भालुवाङमा एक पुरूषको शव फेला



भालुवाङ २८ असार ।

दाङको राप्ती गाउँपालिका १ भालुवाङ स्थित राप्ती सामुदायिक वनमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षिय दलबहादुर चाैधरी मंगलबार विहान ७ बजे जंगलमा मृत अवस्थामा भेटिएका थिए ।

च्याउ खोज्न जंगल गएका महिलाहरूले मंगलबार विहान मृत अवस्थामा ती पुरूषको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

खवर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरीले घटनाको प्रकृति हेर्दा मादकपदार्थ बढी सेवन गरेको र त्यसका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो ।

केही दिन अघि मात्र मृतक चौधरीलाई पिपरीमा बाख्रा चोरीको आरोप समेत छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताउनुभयो । मृतक चौधरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार