२०८१ कार्तिक १९ गते सोमवार

दलितले थर परिवर्तन गरेर नागरिकता लैजाने क्रम बढ्दो



दाङ, ४ साउन ।
दाङमा दलित समुदायका व्यक्तिले नागरिकतामा थर परिवर्तन गरेर लैजाने क्रम बढ्दो रहेको छ । जिल्ला प्रशासन कार्यालय दाङले अपहेलित हुने थर नागरिकतामा परिवर्तन गर्न मिल्ने बनाएपछि दलित समुदायका व्यक्तिले थर परिवर्तन गरेर नागरिकता लैजान थालेका छन् ।

आर्थिक वर्ष २०७७/२०७८ देखि हालसम्म जिल्लामा १ सय ५० जनाले थर परिवर्तन गरेर नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । थर परिवर्तनले दलित समुदायमाथि जातका आधारमा हुने छुवाछुत र विभेद कम हुने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

राष्ट्रिय दलित आयोगले थर परिवर्तन गर्न चाहनेलाई व्यवस्था मिलाउन देशका ७५३ वटै स्थानीय तहमा निर्देशन गरेको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताउनुभयो । आयोगले कुनै पनि दलित समुदायका व्यक्तिलाई थर लेख्न स्वतन्त्रता दिएको उहाँको भनाई छ । आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा जनक नेपालीले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार