२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङसहित देशका केही स्थानमा दिउँसो र राति भारी वर्षाको सम्भावना



दाङ, १४ साउन ।
दाङसहित देशका केही स्थानमा दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार