२०८१ जेष्ठ ९ गते बुधवार

दाङसहित देशका अधिकांश स्थानमा आज भारी वर्षाको अनुमान



दाङ, १६ साउन ।
दाङसहित देशका अधिकांश स्थानमा आज भारी वर्षाको अनुमान गरिएको छ । मनसुनी प्रणाली सक्रिय भएकाले भोली मंगलबारसम्म भारी वर्षाको अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । यस्तै आज राति देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुन सक्रिय भएको हुँदा नदि तथा तटिय क्षेत्र र पहिरोको जोखिम क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार