२०८१ बैशाख ११ गते मङ्गलवार

वर्षातले पहिरो खसेपछि घोराही–होलेरी सडक अवरुद्ध



दाङ, १८ साउन ।
गएरातीदेखि लगातारको वर्षातका कारण पहिरो खसेपछि अवरुद्ध घोराही होलेरी सडक अबरुद्ध भएको छ ।

वर्षातका कारण सहिदमार्ग अन्तर्गत घोराही–१९ अमेलियामा पहिरो खसेपछि आवागमन पूर्णरुपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन जेसिबीसहित प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी प्रमुख एसपी काफ्लेलेले जानकारी दिनुभयो । वर्षातले पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो । ठुला–ठुला ढुंगा खसेका कारण सडक खुल्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार