२०८१ फाल्गुन २ गते शुक्रवार

दाङमा ९ हजार बढी मतदाता थप



दाङ, २३ साउन ।
दाङमा नौ हजार बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ गतेसम्म अध्यावधिक गरिएको विवरण अनुसार जिल्लामा नौं हजार दुई सय २२ जनाले नाम दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार फोटोसहितको मतदाता नामावली दर्ता गर्नेमा जिल्लाका मात्रै ४ हजार ३ सय ६९ जना महिला र ४ हजार ६ सय १६ जना पुरुष गरी जम्मा ८ हजार ९ सय ८५ जना रहेका छन् ।

त्यस्तै बाहिरी जिल्लाका एक सय चार जना महिला र एक सय ३३ जना पुरुष गरी जम्मा दुई सय ३७ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन स्थगित गरेको छ ।।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार