२०८१ बैशाख ५ गते बुधवार

प्रदेश र सङ्घको निर्वाचनका लागि दल दर्ता जारी



दाङ, २३ साउन ।
आगामी मङ्सिर ४ मा हुने प्रदेश र सङ्घको निर्वाचनका लागि आज पनि दल दर्ता जारी रहने भएको छ । आइतबारबाट सुरु भएको दल दर्ता अन्तर्गत पहिलो दिन ५ राजनीतिक दलले निर्वाचनका लागि दर्ता गराएका छन् ।

आयोगका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । यस्तै दोस्रो स्थानमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सुरू गरेको हो । साउन ३१ सम्म दल दर्ता गर्न पाउने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार