२०८१ असोज २१ गते सोमवार

तुलसीपुरमा सार्वजनिक शौचालय संचालन



तुलसीपुर, २७ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले मानिसको बढी भडभाड हुने स्थानमा सार्वजनिक शौचालय सञ्चालन गरेको छ ।

अहिले मानिसको बढी भिडभाड हुने तीन स्थानमा सार्वजनिक शौचालय सञ्चालन गरेको वडाले अन्य स्थानमा पनि सार्वजनिक शौचालय सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष वर्षात भण्डारीले बताउनुभयो ।

अहिले आफै सार्वजनिक शौचालय बनाउनको लागि ठाउँको अभाव भएकाले नीजि एवं सरकारी संस्थाहरुसँग समन्वय गरेर सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने शौचालय संचालन गरिएको उहाँले बताउनुभयो ।

वडाले अहिले वडा नम्बर ६ मा रहेको मेरो बजार भित्रको शौचालय, तरकारी मण्डी र हात्तिखौवा चोकमा रहेको शौचालय सार्वजनिक रुपमा प्रयोगका लागि सञ्चालन गरेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

थप अन्यत्र भिडभाड हुने स्थानमा सार्वजनिक शौचालय सञ्चालनको लागि समन्वयको काम भईरहेको उहाँको भनाई छ । सार्वजनिक शौचालय भएमा बजार आउने व्यक्तिले सहज रुपले शौचालयको सुविधा पाउन सकुन भन्ने उदेश्यले सञ्चालन गरेको उहाँले बताउनुभयो ।

अहिले प्रयोगमा आएको सार्वजनिक शौचालय भरिएमा सफा गर्ने लगायत अन्य सरसफाईमा वडाले सहयोग गर्ने उहाँको भनाई छ । ‘अन्य विकास लगायतको काम सबैले गर्नु हुन्छ हामीले पनि गर्छौ तर सार्वजनिक शौचालयको माग जनताबाट आएको र आफुहरुले चुनावको बेला विभिन्न स्थानमा समन्वय गरेर सार्वजनिक शौचालय निर्माण गर्छौ भन्ने प्रतिवद्धता अनुसार पनि शौचालय सञ्चालन गरेका छौँ ।’ उहाँले भन्नुभयो ।

देख्दा सानो विषय भएपनि नागरिकको सुविधाको लागि आफुहरुले सार्वजनिक शौचालयको अवधारण अगाडी बढाएको र यस्को थप व्यवस्थापनका लागि समन्यवय भई रहेको र घुम्टी शौचालय पनि बनाउनेकी भन्ने सोचका साथैद खाली ठाउँ भेटिएमा वडा आफैले पनि शौचालय निमाणर् गर्ने तयारी रहेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यसका साथै बजारमा आउने व्यक्तिहरुका लागि खानेपानीको पनि समस्या भएका हुने र अझ गर्मी महिनामा अत्यधिक समस्या हुने भएकाले वडा नं. ६ को बजार क्षेत्रमा भिडभाड हुने स्थानमा फिल्टरसहित शुद्ध खानेपानी राख्नको लागि वडाबाट निणर्य भईसकेको जानकारी दिनुभयो । उचित स्थानमा तत्काल फिल्टरसहितको पानी राख्ने तयारी रहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार