२०८१ माघ ४ गते शुक्रवार

चालुवर्षमा दाङका पालिका विरुद्ध ६१ उजुरी दर्ता



दाङ २८ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको सम्र्पक कार्यालय नेपालगञ्जमा उजुरी पर्ने क्रम बढ्दो रहेको पाइएको छ । आयोगमा चालु आर्थिक वर्षको २३ साउनसम्म दाङका दश स्थानीय तहका ६१ वटा उजुरी परेका छन् ।

अख्यितयारको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी श्रीधर टण्डनका अनुसार जिल्लाका दश स्थानीय तह मध्य सबै भन्दा बढी उजुरी घोराही उपमहानगरपालिकामा ५ वटा परेको छ भने बंगलाचुली, बबई र दंगीशरणमा शून्य छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाको १/१ वटा, राजपुर गाउँपालिकाका ३ र शान्तिनगर गाउँपालिकाको २ वटा उजुरी परेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९मा ११५ वटा उजुरी दर्ता भएका छन । तुलसीपुर उपमहानगरपालिकामा २१ वटा, घोराही उपमहानगरपालिका २२, लमहीमा ९, गढवा र दंगीशरणमा १५/१५, राजपुरमा १६, शान्तिनगरमा ८, बबईमा ५, राप्ती र बंगलाचुली गाउँपालिकामा २÷२ वटा उजुरी परेको सूचना अधिकारी टण्डनले बताउनुभयो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ का ७४ वटा उजुरी जिम्मेवारी सरी आएको गरी गत आर्थिक वर्षमा १ सय १५ वटा उजुरी परेका थिए । जसमध्यबाट ६२ वटा उजुरी फर्छर्यौट भएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ बाट सरिआएको २१ वटा फर्छर्यौट हुन बाँकी रहेको उजुरी गरी आर्थिक वर्ष २०७८/२०७९मा परेको ४७ उजुरी गरी ६२ वटा उजुरी फर्छर्यौट भएको सूचना अधिकारी टण्डनले बताउनुभयो । गत आर्थिक वर्षको २० वटा र आर्थिक वर्ष २०७८/०७९को २७ गरी ४७ वटा उजुरी फर्छर्यौट हुन बाँकी रहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार