२०८० मङ्सिर १८ गते सोमवार

कोईलाबास पूर्ण भरण बाँध निर्माण योजनाको काम अघि बढाउन सर्बेक्षण



गढवा, २८ साउन ।
कोईलाबास पूर्ण भरण बाँध निर्माण योजनाको काम अघि बढाउन सर्बेक्षण गरिएको छ। नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा गढवागाउँपालिका द्वारा २०७७/०७८ मा सञ्चालन भएको तर पुरा हुन नसकेको कोईलाबास पूर्ण भरण बाँध निर्माण योजना यस चालु आर्थिक वर्षमा निरन्तरता पाएको छ।

बिहिबार गढवा गाउँपालिकाकाका इन्जिनियर शेषमणी पौडेल लगायतकाको टोलीले पुनः सर्बेक्षण गरेको छ।

सर्बेक्षणमा गढवा गाउँपालिका वडा नम्बर – ८ का वडाध्यक्ष खालिक सिद्दिकी तथा स्थानीयहरुको उपस्थितिमा सर्बेक्षण गरिएको हो।
पहिले सर्बेक्षण गरी काम भएको थियो तर काम सम्पन्न नभए पछी पुनः नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र गढवा गाउँपालिकाको संयुक्त टोली द्वारा पुनः सर्बेक्षण गरिएको छ।

उक्त कार्यक्रम निर्माण कार्य विस्तृत परियोजना प्रतिवेदन को काम सकिए लगत्तै कामसुरु गरिने गढवा गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले जानकारी दिनु भएको छ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार