२०८१ माघ ४ गते शुक्रवार

सम्झौताको गलत व्याख्या नगरौँ : कपुरकोट गाउँपालिका



सल्यान, २८ साउन ।
कपुरकोट-निगालपानी सडकमा टिप्पर संचालन गर्न दिने ८ बुँदे सम्झौताको गलत टिप्पणी नगर्न कपुरकोट गाउँपालिकाले अनुरोध गरेको छ ।

सडक स्तरोन्नतीको मागसहित दुई महिनादेखि रोकिएका टिप्पर गाउँपालिकाले सिमेन्ट उद्योगसंग विभिन्न आठ बुँदे सम्झौता गरेर संचालन गर्न दिने निणर्यको सामाजिक संजालमा गलत टिप्पणी भएको भन्दै गाउँपालिकाले भ्रामक सुचना सम्प्रेशन नगर्न आग्रह गरेको हो ।

टिप्परका कारण कपुरकोट-निगालपानी सडक जीणर् बनेपछि गत जेठ १८ गते कपुरकोट गाउँपालिकाले टिप्पर संचालनमा रोक लगाएको थियो । दुई महिनापछि गाउँपालिकाले सिमेन्ट उद्योगसंग ८ बुँदे सम्झौता गरेर गत मंगलबार साउन २५ गते टिप्पर संचालन गर्न दिने निणर्य गरेको हो ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा सडकको अवस्था सुधार हुँदै गएको र प्रभावित नागरिकको हितका लागि आठ बुँदे सम्झौता गरिएकोले टिप्पर संचालन गर्न दिएको उल्लेख छ ।

तर सडकको स्तरोन्नतीका विषयमा गाउँपालिका जनप्रतिनिधि नै नागरिकका समस्यामा गम्भिर नबनेर सिमेन्ट उद्योगसंग आर्थिक लाभ लिएको भनेर सामाजिक संजालमा व्यापक टिप्पणी गरिएको छ ।

गाउँपालिका र जनप्रतिनिधिलाई जोडेर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरिएपछि गलत ढंगबाट व्याख्या नगर्न र भ्रामक सुचना सम्प्रेशन नगर्न गाउँपालिकाल सम्बन्धित सबैमा अनुरोध गरेको हो ।

विज्ञप्तीमा गाउँपालिकाले टिप्पर संचालनलाई रोक्ने कुनै पनि कानुनी हैसियत नभएको पनि स्पष्ट पारेको छ । यस्तै विज्ञप्तीमा नागरिकको हित विपरित गाउँपालिकाले निणर्य गरेको भए गाउँपालिकामा सुझाव लिएर आउन पनि अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार