दाङ, २ भदौ ।
देउखुरीको राप्ती नदीमा बिहिबार विद्यार्थी सवार डुंगा पल्टीएको छ । बिहान पौने १० बजेतिर विद्यालय जान लागेका विद्यार्थी सवार डुङ्गा पल्टीएको हो ।
लमही नगरपालिका-९ तरुलियाबाट राजपुर गाउँपालिका-७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी सवार रहेको डुंगा अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
डुङ्गा पल्टिदा करिब २५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
डुङ्गा पल्टिँदा विद्यार्थीहरु नदीमा बगेका थिए । करिब ५०० मिटर तल नदीसम्म बगेका उनीहरुलाई माछा मार्ने माझीले उद्धार गरेको प्रहरीले जनाएको छ । डुंगा पल्टिदा अधिकांश विद्यार्थीका जुत्ता चप्पल, किताब-कापी, झोला बगेको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार