२०८१ बैशाख ११ गते मङ्गलवार

दाङका प्रहरी प्रमुख एसपी काफ्लेसहित पाँच जना एसपीको सरुवा



दाङ, ९ भदौ ।
दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेको सरुवा भएको छ । काफ्लेलाई अपराध अनुसन्धान विद्यालय काठमाडौं सरुवा गरिएको हो ।

काफ्लेसहित नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवाअनुसार दाङमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत एसपी वीरबहादुर ओलीको आउन लाग्नुभएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडामा सरुवा भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरको प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंमा सरुवा भएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसपी खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार