२०८१ जेष्ठ ३१ गते बिहिवार

पातुखोलामा यसवर्ष अहिलेसम्मकै उच्च बाढी (भिडियोसहित)



तुलसीपुर, १० भदौ ।
अविरल वर्षापछि तुलसीपुस्थित पातुखोलामा यसवर्षकै उच्च बाढी भएको छ । गएरातीदेखि परेको अविरल वर्षापछि खोलामा बाढी आएको हो । वर्षा पर्याप्त नहुँदा यसवर्ष भदौको दोस्रो साता लागि सक्दासमेत पातुखोला सुख्खा रहेको थियो ।

तर शुक्रबार बिहानैदेखि परेको वर्षातपछि खोलामा यसवर्षमा अहिलेसम्मकै ठुलो बाढी आएको तुलसीपुरका स्थानीय घनश्याम बुढाथोकीले बताउनुभयो । खोलामा पानी नहुँदा किसानले रोपाईसमेत गर्न पाएका थिएनन् ।

तर अहिले रोपाई समय सकिएपछि पनि खोलामा आएको बाढीले किसानलाई केहि राहत दिएको उहाँले बताउनुभयो । खोलाका बाढी आएपछि खोला वरपरका वस्तीका नागरिक भने त्रसित भएका छन् । भिडियो  :

भिडियो स्रोत : घनश्याम बुढाथोकी

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार