२०८१ जेष्ठ १६ गते बुधवार

तुलसीपुर-१३ की छबि सम्पर्कबिहिन



तुलसीपुर, १० भदौ ।
तुलसीपुर-१३ बखरियाकी एक बिवाहित महिला दुई दिन अघिदेखि सम्पर्कबिहिन भएकी छन् ।

गत बुधबार भदौ ८ मा घरबाट तुलसीपुर आएकी २० वर्षिय छबि घर्ती वली सम्पर्कबिहिन भएको उहाँका ससुरा भुपेन्द्र वलीले जानकारी दिनुभयो । कालो जिन्स पाइन्ट र पहेँले भेस्ट लगाएर तुलसीपुर बजार गएकी बुहारी अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

‘भदौ ८ गते तुलसीपुर बजार जान्छु भनेर गएको बुहारी अहिलेसम्म सम्पर्कबिहिन छन् ।’ उहाँले भन्नुभयो-‘ बुहारीलाई कहि कतै देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोवाईल नम्बर ९८४७९३३७८७ मा सम्पर्क गरिदिनुहोला ।’

महिलाका श्रीमान एक वर्षदेखि विदेशमा छन् । छोरा विदेशमा गएको र आफुहरुसंग पनि कुनै प्रकारको विवाद बुहारीसंग नभएको उहाँले बताउनुभयो । घरमा तीन वर्षको छोरालाई छोडेर बेपत्ता भएपछि आफुहरु समस्या परेको उहाँले बताउनुभयो ।

बुधबारका दिन बिहान १० बजेतिर तुलसीपुर दिदीसंग पैसा लिनुपर्ने भनेर बजार गएको तर बजारबाटै सम्पर्क बिहिन भएको सुसुरा भुपेन्द्रले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार