२०८१ जेष्ठ १६ गते बुधवार

राप्ती राजमार्गमा यातायात सुचारु



तुलसीपुर, १० भदौ ।
राप्ती राजमार्गमा यातायात सुचारु भएको छ । दाङ-सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर-३ साततलेमा पहिरो जाँदा अवरुद्ध सडक पहिरो हटाएपछि संचालनमा आएको हो ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान ६ बजेतिर साततलेमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । अबरुद्ध सडक साढे नौ घण्टा पछि सञ्चालनमा आएको अस्थायी प्रहरी पोष्ट गोटीखोलाका प्रहरी निरिक्षक गिर बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक तर्फी सडक साढे १ बजेबाट खुले पनि दुई तर्फी सडक भने साढे ३ बजेबाट खुलेको हो । अवरुद्ध सडक सञ्चालन भएपछि बिचबाटोमै रोकिएका सवारी साधन गन्तव्यमा हिडेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार