२०८० फाल्गुन १७ गते बिहिवार

तुलसीपुर-कपुरकोट सडकमा साना सवारी सुचारु



दाङ, १६ भदौ ।
तुलसीपुर-कपुरकोट सडकमा साना सवारी सुचारु भएका छन् । ठुला सवारी साधन संचालन आउन केहि समय लाग्ने भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत कपुरकोट-३ चोरखोला नजिकै टिप्पर सडकमै भासिदा दुई घण्टादेखि अवरुद्ध सडकमा पौने २ बजेतिरबाट साना सावारी संचालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

बिहिबार बिहान करिब ११ बजेतिर दाङबाट रोल्पा जाँदै गरेको रा १ क १३६८ नम्बर टिप्पर विपरित दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा सडक छेउमा भास्सिएपछि अहिले पनि निकाल्ने काम भइरहेको छ ।

डोजरले टिप्परलाई रोकिराखेर तान्ने काम अहिले पनि जारी रहेको हुँदा सडक अवरुद्ध भएको र अहिले साना सवारी साधन पास भएको डिएसपी मल्लले जानकारी दिनुभयो । ठुला सवारी साधन संचालनमा आउन केहि समय लाग्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार