
दाङ, २७ भाद्र ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड दाङ शाखाले यसवर्ष असोज १ गतेदेखि दशैँतिहार लक्षित सुपथ मुल्यको पसल संञ्चालनमा ल्याउने भएको छ ।
चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरि खाद्यले दाङसहित देशका ४१ जिल्लाका ४४ वटा बिक्रि केन्द्रहरुबाट दशै तिहार लक्षित सहुलियतको पसल संचालनमा ल्याउन लागेको हो ।
यसवर्ष असोज १ गतेबाट कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल संचालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दाङका प्रमुख तिलक सुनारले बताउनुभयो ।
सहुलियत पसलमा चामल स्टीम जिरा, सोना मनसुली, बासमति चामल, खसीबोका खरिदबिक्रि गरिने छ । दाङ शाखाले यसवर्ष दशैँतिहारका लागि ७ सय वटा खसीबोका खरिदबिक्रि गर्ने प्रक्रियामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले जनाएको छ ।
शाखाले चामल २ सय क्विन्टल र ७ सय वटा खसीबोका खरीद गर्ने खरीद विभागबाट निर्देशन आएको प्रमुख सुनारले बताउनुभयो ।
सबै सर्वसाधारणहरुलाई सेवा दिने उदेश्यले पसल सञ्चालन हुने शाखा प्रमुख सुनारले बताउनुभयो । सहुलियतमा सामान लिनको लागि नेपाल सरकारबाट मान्यता प्राप्त नागरिकता वा लासेन्सको प्रतिलिपी वा अन्य सरकारी कागजात हुनुपर्ने छ ।
खाद्यको दाङ शाखाले कणर्ाली प्रदेशमा पनि सहुलियतमा चामल बिक्रि गर्दै आएको छ । उपभोक्ताहरुले आफनो आवश्यकता अनुसार एक दुई बोरा चामल लिन सक्ने उहाँले बताउनुभयो । यो सेवा तुलसीपुर कार्यालयबाट दिईने भएको छ ।
तर शाखामा अहिले पनि नियमित रुपमा सहुलियतमा खाद्यन्न बिक्रि गदै आएको छ । स्टीम जिरा मसिना चामल प्रति केजी ६७ रुपैंया, सोना मनसुली चामल ५२ रुपैंया, बासमति चामल १ सय १० रुपैंया मा नियमित रुपमा बिक्रि गदै आएको छ ।
उहाँका अनुसार ढुवानिको लागि पत्र नआएकोले अहिले चलानि भएको छैन् । खाद्यले तुलसीपुर कारागारलाई भने नियमित रुपमा खाद्यन्न सामाग्रिहरु प्रदान गदै आएको छ ।