दाङ, ४ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा चार लाख बढीले मतदान गर्न पाउने भएका छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि दाङमा मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको सङख्या चार लाख १४ हजार ९५६ रहेको छ ।
आगामी निर्वाचनमा २ लाख ३ हजार ९ सय ८ जना पुरुष, २ लाख ११ हजार ४६ जना महिलाहरु र दुई जना अन्य मतदाताले भोट हाल्न पाउने भएका छन् ।
यस्तै जिल्लामा चार सय बढी मतदान केन्द्र कायम भएको छ । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश कार्यालय दाङका अनुसार दाङमा कुल मतदान केन्द्र चार सय ६५ रहेको छ भने एक सय ५३ वटा मतदान स्थल रहेको छ ।
दाङमा क्षेत्र नम्बर १ को १ मा ७८ वटा मतदानकेन्द्र कायम भएको छ भने २४ वटा मतदान स्थल रहेको छ । त्यसैगरी क्षेत्र नम्बर १ को २ मा ७४ मतदान केन्द्र, २७ वटा मतदान स्थल , क्षेत्र नम्बर २ को १ मा ६८ वटा मतदान केन्द, २५ वटा मतदानस्थल , क्षेत्र नम्बर २ को २ मा ७८ वटा मतदान केन्द्र रहेकोमा २३ वटा मतदान स्थल तोकिएको छ ।
यस्तै क्षेत्र नम्बर ३ को १ मा ७४ मतदान केन्द,२१ मतदान स्थल, क्षेत्र नम्बर ३ को २ मा ९३ वटा मतदान केन्द्र, ३३ वटा मतदान स्थल कायम भएको छ ।