२०८१ असोज १८ गते शुक्रवार

राप्ती लाइफ केयरले उपचारमा छुट दिने



दाङ, ७ असोज ।
राप्ती लाईफ केयर अस्पताल तुलसीपुरले उपचारमा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । अस्पातलले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्य र संचालक समिति सदस्यलाई उपचारमा १० देखि १५ प्रतिशत छुट दिने भएको हो ।

अस्पताल र सहकारी बिच शुक्रबार (आज) भएको ६ बुँदे सम्झौतामा अस्पतालले सहकारीका शेयर सदस्यलाई उपचारमा १० प्रतिशत र संचालक समितिका पदाधिकारीलाई उपचारमा १५ प्रतिशत छुट दिने भएको छ ।

यस्तै शेयर सदस्य र संचालक समिति सदस्यलाई फार्मेशीमा ५ देखि ७ प्रतिशत, एम्बुलेन्स सेवामा १० प्रतिशत, शल्यक्रियामा ५ देखि १० प्रतिशत छुट अस्पतालले दिने भएको छ ।

सहकारीका अध्यक्ष शुक्रराज भण्डारी र अस्पतालका निर्देशक जीवन भण्डारी बिच भएको सम्झौतामा सहकारी संस्थाको वार्षिक साधारण सभामा अस्पतालले हेल्थ डेस्क संचालन गर्ने भएको उल्लेख छ ।

यसैगरी दुवै संस्थाका सहकार्यमा स्वास्थ्य शिविर संचालन गर्ने सम्झौता भएको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार