२०८१ माघ ४ गते शुक्रवार

तुलसीपुर -१८ बालश्रम मुक्त वडा घोषणा



दाङ, ७ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालश्रम मुक्त पालिका बनाउने अभियान तिब्र बनेको छ ।

उपमहानगरपालिकाको हालसम्म चार वटा वडा बालश्रममुक्त वडा घोषणा भएका छन् भने लगत्तै १६ र १७ नम्बर वडालाई पनि बालश्रममुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । शुक्रबार वडा नम्बर १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १,२, ६ र १८ नम्बर वडा बालश्रम मुक्त घोषणा भइसकेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले प्रतिबद्धता पत्र वाचन गरेर बालश्रम मुक्त वडा घोषणा गर्नुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८ मा विभिन्न श्रममा लाग्न बाध्य दश जना बालबालिकाहरुलाई परिवारमा पुर्नमिलन गराएपछि वडा बालश्रममुक्त वडा बनेको उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६ र १७ लाई समेत बालश्रम मुक्त घोषणा तयारी गरिएको छ । बालश्रम मुक्त घोषणा बापत नगरप्रमुख टीकाराम खड्काले वडाध्यक्ष माधव वलीलाई सम्मान पत्र प्रदान गर्नुभएको छ । वडाध्यक्ष माधव वलीले बालश्रममा रहेका बालबालिकाहरुको परिवारलाई आर्थिकरुपमा सबल बनाउनका लागि उद्यमशील कार्यका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार