२०८१ असार ४ गते मङ्गलवार

तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते वलीको मृत्यु



तुलसीपुर, ९ असोज ।
दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ पौने आठ बजे तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका–४ का ५९ वर्षिय शालिकराम वलीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते वलीको नेपालगञ्जमा उपचारको क्रममा गएराती नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

वलीलाई तुलसीपुरबाट जसपुरतर्फ गईरहेको रा १ प ८६२३ नम्बरको मोटरसाईकलले तुलसीपुरको शितलपुर चोक नजिकै ठक्कर दिएको हो ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार