२०८० फाल्गुन १७ गते बिहिवार

आजदेखि सरकारी कार्यालयहरु बन्द



दाङ, १६ असोज ।
आजदेखि बडादशैका अबसरमा सरकारी कार्यालयहरु बन्दभएका छन् । दशैका अबसरमा आजदेखि सात दिनसम्म सरकारी बिदा अनुसार बिदा भएको हो ।

आजदेखि दशैको फुलपाती सुरु भएसंगै दशै बिदा भएको हो । आजदेखि बन्द रहेका सरकारी कार्यालयहरु असोज २३ गते खुल्ने भएका छन् । फुलपातीदेखि बन्द रहेका कार्यालयहरु अष्टमी, नवमी, दशै र एकादशीका दिनसम्म बन्द रहने गरेका छन् ।

यसअघि घटस्थापनाका दिनदेखि बिदा हुने कार्यालयहरु फुलपातीका दिनदेखि बन्द गर्न सुरु गरिएको छ ।

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार