२०८० फाल्गुन १३ गते आइतवार

घोराही-तुलसीपुर सडकमा सवारी आवागमन ठप्प



दाङ, २१ असोज ।
निरन्तरको वर्षातका कारण घोराही-तुलसीपुर सडकमा सवारी आवागमन हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बिरबहादुर वलीका अनुसार आज बिहानदेखि ठुला सवारी साधन पनि संचालनमा आउन सकेका छैन् ।

घोराही-तुलसीपुर गन्तव्यका लागि वैकल्पीक सडक भाइरलमार्ग प्रहरीले अनुरोध गरेको उहाँले बताउनुभयो । लगातारको वर्षातका कारण हापुर, सेवार खोलामा पानीको बहाव बढ्दा घोराही तथा तुलसीपुर आउन वैकल्पीक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएको हो ।

पुल निर्माणका लागि कुनै पहल नहुँदा वर्षातको समयमा घोराही तुलसीपुरको यात्रा सधैँ कष्टकर हुने गरेको सवारी चालक दुर्गा रोकाले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार