२०८१ माघ १० गते बिहिवार

कालिकोटमा मलामी गएका १५ जना वेपत्ता



कालिकोट, २४ असोज ।
कालिकोटमा मलामी गएका १५ जनाभन्दा धेरै व्यक्ति वेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले प्रहरी घटनास्थल पुगेपछि वास्तविक विवरण खुल्ने बताउनुभयो ।

उहाँका अनुसार आइतबार साँझ करिब ५ बजेको समयमा स्थानीय एक युवकको मलामीका लागि मानिसहरू कुकुरखोल्सी भन्ने स्थानमा गएका थिए । तीमध्ये केहीलाई खोलाले बगाएको भन्दै स्थानीयबासीले प्रहरीमा खबर गरेका थिए ।

वेपत्ता भएकाको सङ्ख्या १५ हो वा २० भन्ने पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । लगातारको पानीका कारण घटनास्थल आसपास टेलिफोन सम्पर्क गर्न समस्या भएका कारण पनि विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार