२०८१ चैत्र ४ गते सोमवार

हुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु



File pic

हुम्ला, २४ असोज ।
हुम्लाको चङ्खेली ६ मेल्छाममा पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

गएराति खाना खाइरहेको समयमा पहिरो झर्दा ४ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ५५ वर्षका तुलसा कामी, ९ वर्षका सुस्मिता कामी, ५ वर्षका बबन कामी र ३ वर्षका होइजाली कामी रहेको प्रहरीको भनाइ छ ।

स्थानीयबासीको सहयोगमा देउच्या कामी, उहाँका श्रीमती अबकती, छोरीहरू निरू, ममिता र एक वर्षको छोरालाई उद्दार गरिएको थियो । उनीहरूको मेल्छाम स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी चौकी मेल्छामले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार