२०८१ चैत्र १२ गते मङ्गलवार

प्रदेश र प्रतिनिधि सभा प्रत्यक्षतर्फ दाङमा ९० जनाको उमेदवारी दर्ता (नामावलीसहित)



दाङ, २४ असोज ।
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको आम निर्वाचनका दाङबाट ९० जनाले उमेदवारी दिएका छन् । आइतबार भएको मनोनयनपत्र दर्तामा प्रतिनिधि सभाको तीन सिटका लागि ४४ जनाको उमेदवारी परेको छ भने प्रदेश सभाको ६ सिटका लागि ४६ जनाको उमेदवारी परेको छ ।

उमेदवारी दर्ता गराउनेमा दल तथा स्वतन्त्र उमेदवार रहेका छन् । प्रनिनिधि सभा सदस्यमा दाङ –१ बाट १०, दाङ –२ बाट १५ र दाङ –३ बाट १७ जनाले उमेदवारी दिएका छन् । प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा ४ महिला र ८ पुरुष, क्षेत्र नम्बर २ मा २ महिला र १३ पुरुष र क्षेत्र नम्बर ३ मा १ महिला र १७ जना पुरुषले उमेदवारी दर्ता गरेका छन् ।

यस्तै ६ प्रदेश सभा सदस्यका लागि ४६ जनाको उमेदवारी परेको छ । क्षेत्र नम्बर १ को १ मा प्रदेश सभातर्फ ९ र २ मा ६ जनाले उमेदवारी दिएका छन् । यस्तै क्षेत्र नम्बर २ को २ को १ मा ८ , क्षेत्र नम्बर २ को २ मा ५ जनाले उमेदवारी दिएका छन् । यस्तै प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ३ को १ र २ मा ९÷९ जनाले उमेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ ।
नामावलीका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

https://election.gov.np/…/downl…/lumbini-province-office

 

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार