दाङ, २५ असोज ।
तुलसीपुरमा संचालन हुन लागेको प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा स्टल बुकिङ शुरु भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा आगामी मंसिर १५ देखि २६ गतेसम्म संचालन हुन लागेको महोत्सवमा स्टल बुकिङ शुरु भएको हो ।
स्टल संयोजक सन्तोष लामिछानेका अनुसार महोत्सवमा तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर चेम्बर अफ कमर्शमा आवद्ध व्यवसायीलाई १५ प्रतिशत छुट प्रदान गरिएको छ । यस्तै व्यवसायको प्रकृति अनुसार स्टलको भाडादर पनि फरक–फरक निर्धारण गरिएको छ ।
स्टल बुकिङ गर्दा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपीसहित भाडा तथा व्यानर धरौटी अग्रिम बुझाउनुपर्ने स्टल संयोजक लामिछानेले बताउनुभयो । स्टल बुकिङको अन्तिम मिति मंसिर १० गतेसम्म तोकिएको छ । स्टल बुकिङका लागि फारम खुल्ला गरिएकोले इच्छुक व्यवसायीले सम्पर्क गर्न पनि संयोजक लामिछानेले अनुरोध गर्नुभयो ।
स्टलको भाडादर कुनलाई कति ?