दाङ, २६ असोज ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदैँ जाँदा चुनावी गतिविधि पनि बढ्न थालेका छन् । मंसिर चारपछि चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि दल तथा उमेदवारहरु चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
निर्वाचन कार्यतलिका अनुसार आजमात्रै चुनाव चिन्ह पाउँदैछन् । कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिँउसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन सक्ने छन् भने आज नै दिँउसो १ बजेदेखि ३ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
आज अपरान्ह ४ बजेदेखि ७ बजेको बिचमा उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरिने छ । तर प्रचार प्रसारको काम भने अघि बढीसकेको छ । सामाजिक संजालदेखि गाउँसम्म चुनावी गतिविधि बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेद्वारहरू चुनाबी प्रचारमा लागेका हुन् ।
दलबाट तथा स्वतन्त्र रुपमा उठेका उम्मेद्वारहरू पनि आ आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत भएर चुनाबी प्रचारमा सक्रिय हुन थालेका छन् । विषेशगरी स्वतन्त्र उम्मेद्वारहरूले आजमात्रै निर्वाचन चिन्ह प्राप्त गर्ने भएपनि मनोनयन दर्ता गरेलगत्तै बाट उनिहरु प्रचारमा जुटेका हुन् । दलिय तवरले प्रतिस्पर्धामा रहेका नेताहरू आफ्नो क्षेत्रमा सभा सम्मेलन गर्ने, कार्यकर्ता भेटघाट गर्ने तथा आगामी रणनिति बनाउनमा व्यस्त रहेका छन् ।