२०८१ असोज १८ गते शुक्रवार

सामाजिक सञ्जालबाट चुनावी प्रचार बढाउँदै उम्मेदवारहरू



तुलसीपुर, ३० असोज ।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फतको प्रचारलाई तीव्रता दिएका छन् ।

आआफ्नो निर्वाचन क्षेत्रको घरदैलो तथा सभासमारोहमा सहभागी हुनेक्रम नरोकिए पनि सामाजिक सञ्जालबाट मतदातासम्म पुग्ने अभियान गत वैशाखको अन्तिममा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपाली बढ्ने देखिएको छ ।

फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा उम्मेदवारहरूले आफ्नो एजेण्डा प्रस्तुत गर्ने, आफूलाई भोट दिन अनुरोध गर्ने तथा भोट माग्न कता जान लागेको भन्ने बारेमा जानकारी दिन थालेका विभिन्न सामग्री राखेका छन् ।

अनुसन्धानकर्ता उज्वल आचार्यले सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक पक्ष दुवै भएकाले उम्मेदवार अनि मतदाता सचेत हुनुपर्ने बताउनुभयो ।

यसअघि सामाजिक सञ्जालमा आवबद्ध नभएका वा निस्क्रिय नेताहरू हिजोआज सक्रिए भएका छन् । निर्वाचन आयोगले भने निर्वाचनको खर्चमा सामाजिक सञ्जालमार्फत गरिएको लगानीको विवरण पनि समावेश गर्न उम्मेदवारहरूलाई भनिसकेको छ ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार